सोलुमा प्रथम डि.बी किराँती स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

  हिमाल समाचार  336 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा प्रथम डि.बी किराँती (थुलुङ) स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डि.बी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा आज (शनिबार)बाट प्रतियोगिता सुरु भएको हो ।

जिल्ला सदरमुकाम सल्लेरी स्थित सोलुखुम्बु बहुमुखी क्याम्पस नजिकैको कभर्डहलमा सुरु भएको प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे ।

उद्घाटन सत्रमा बोल्दै मेयर शेर्पाले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवस्यक रहेकोमा जोड दिए ।

प्रतियोगिताहरु सञ्चालन गर्नमा सरकार कै मात्र मुख ताक्ने परिपाटी रहेकाले यसलाई सुधार गर्दै सबै आ-आफ्नो क्षेत्रबाट लागि परे नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

यस्तै सभाअध्यक्षको आशनबाट बोल्दै जिल्ला ब्याडमिन्टन सङ्गका अध्यक्ष राज कुमार गुरुङले सोलुमा ब्याडमिन्टन खेलको विकासका लागि सबै जुट्नु पर्ने बेला आएको बताए ।

पछिल्लो समय युवा पुस्ताहरुको आकर्षण ब्याडमिन्टन प्रति रहेकाले खेलको विकासका लागि संरचना निर्माणको काममा सहयोग गर्न आग्रह गरे ।

प्रतियोगिता अन्तरगत १५ बर्ष मुनीको सिङ्गल पुरुष तर्फ १४ जना,खुल्ला महिला तर्फ ८ टिम, खुल्ला पुरुष तर्फ १७ टिम र ३५ बर्ष माथीको डबल पुरुष तर्फ १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितिय हुनेलाई क्रमश नगद १५ हजार र ७ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ भने तृतिय हुने २ जनालाई नगद ५/५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यस्तै सान्तवना हुनेलाई मेडल र प्रमाण–पत्र प्रदान गरिने खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । ब्याडमिन्टन प्रतियोगिता आगामी ४ गतेसम्म जारी रहने प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सिन्धुली, काठमाडौ लगायतका जिल्लाहरुबाट खेलाडीले सहभागिता जनाएका छन् । कविता प्रतियोगिता पुस ४ गते हुने जनाइएको छ ।

साहित्यकार, कषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किराँतीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार