नेलेका अग्नि पिडितलाई क्षेत्रीय सभापति शेर्पाको साथ, गरे आर्थिक सहयोग

  हिमाल समाचार
931 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बु क्षेत्र नम्बर ‘ख’का सभापति कर्मा शेर्पाले नेलेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पुर्ण धनमाल गुमाएका ४ परिवारलाई आज (बुधबार) घटनास्थल नेलेमै पुगेर प्रतिपरिवार नगद १० हजारका दरले सहयोग गरेका हुन् ।

सहयोग प्राप्त गर्ने अग्नि पीडितहरुमा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका बुद्धि बहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतका छन् । विपत्तिको समयमा सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबैले सकेको सहयोग गर्न समेत शेर्पाले आग्रह गरे ।

धनमालसहित सबै गुमाएका पीडित परिवारका लागि यतिखेर सबैको साथ र सहयोग आवश्यक रहेकाले जात, समुदाय, राजनिति, वर्ग, लिंग केहि नभजी मानवियताको भावनाले सहयोग गर्न सभापति शेर्पाले अपिल गरेका छन् ।

जसका लागि आफुले समेत देश तथा विदेशमा रहेकाहरुसँग सहयोगको पहल गर्ने उनले बताए । यस्तै नेपाली कांग्रेसका जिल्ला सहसचिव उत्रमान राईले विपत्तिमा परेका परिवारको हेरचाह र सहयोगमा सबै समुदाय एकजुट हुन आग्रह गरे ।

अग्नि पीडित परिवारहरुले आगलागी पछि पहिलो पटक राहत प्राप्त गरेको भन्दै सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन् । मंगलबार साँझ भएको आगलागीमा परि नेलेमा ४ घर प्ुर्ण रुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार