सक्किगोनि टिम आईतबार पत्ताले आउने, कलाकारले दिए सोलुवासीलाई निम्तो

  हिमाल समाचार  1410 पटक हेरिएको

सोलुखुम्बु – नेपाली चर्चित हास्य टेलिश्रृंखला सक्किगोनि टिम सोलुखुम्बु आउने भएको छ । टेलिश्रृयलको १०० औँ अंक छायांकन गर्न आगामी आईतबार पत्ताले आउन लागेको कथा निर्देशक एवं कलाकार कुमार कटेल (जिग्रि)ले जानकारी दिए ।

सिरियल १०० अंकमा प्रवेश गरेको अवसरमा उत्सव मनाउँदै पत्तालेबाट सगरमाथा क्षेत्रको दृष्य समावेश गर्न सबै टिम नै आईतबार बेलुका पत्ताले आईपुग्ने जिग्रिले बताए । उनका अनुसार सोमबार र मंगलबार पत्ताले क्षेत्रको दृष्य छायांकन गरि बुधबार फर्किने कार्यक्रम छ ।

कलाकारहरु कुमार कट्टेल(जिग्रि), अर्जुन घिमिरे(पाँडे), हरि निरौला(कक्रोज), सागर लम्साल (बले), कमलमणी नेपाल(खुपीको बाउ), दिपक आचार्य (काकु), सिपि पुडासैनी (धतुरे), रक्षा श्रेष्ठ(रक्षा), गोविन्द कोइरला(जाइन्ते), मधुसुधन पाठक (सितेबा), प्रियना आचार्य(मुन्नी), रवि खनाल(नेता), सितादेवी तिमल्सेना (चन्द्रमुखी), रश्मी पाण्डे(माकुरी), सुबोद्य गौतम(एदुमे), पुरुषोतम आचार्य(प्रहरी), रामभजन कामत(रामभजन), भिमा मैनाली (मैना), सञ्जिता पाण्डे( सानु), कविराज भाम, भावना आचार्य (लुरी), सुमि मानन्धर (खुपी), लगायतका टिम सोलु आउने जनाइएको छ ।

जसका लागि जिल्लावासीहरुलाई सो दिन पत्ताले क्षेत्रमा आउनसमेत सक्किगोनि टिमले आग्रह गरेको छ । सक्किगोनि हास्य टेलिश्रृयल हरेक विहिबार बेलुका ९ बजेपछि हिमालयन टेलिभिजनबाट र युटुबमा इएच डिजिटल मार्फत प्रस्तुत हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार