नेचासल्यानमा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिवृद्धि तालिम सकियो

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिवृद्धि तालिम सकिएको छ । गैरसरकारी संस्था रीड नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा गत बुधबारबाट हिमालदर्शन माविमा सुरु भएको तालिम आज (आईतबार) सकिएको हो ।

तालिममा गाउँपालिकाका ३२ वटा आधारभुत विद्यालयका ८५ जना शिक्षकहरुको सहभागिता रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । जसमा १३ वटा विद्यालयका १/१ जना शिक्षक पालिका तर्फबाट र १९ वटा रीड नेपालले काम गर्ने विद्यालय रहेको रहेको थियो ।  प्रारम्भिक बाल विकासका १९ जना, विषयगत ६२ जना र ४ जना स्थानीय स्रोत शिक्षक रहेका थिए ।

तालिममा सामाजिक, अङ्ग्रेजी, गणित र विज्ञान, प्रविधि विषयलाई समेटेर प्रशिक्षण गरिएको रीड नेपालले जनाएको छ । सोही कार्यक्रममा रीड नेपाललेहिमाल दर्शन माविका १० जना विद्यार्थीलाई छात्रबृद्धि समेत प्रदान गरिएको शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

रीडका कार्यक्रम संयोजक मुक्ति घिमिरेको अध्यक्षता तथा गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष इन्द्र बहादुर राई (सान्त) को प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सिताराम भट्टराई, गाउँपालिका शिक्षा शाखा प्रमुख माधवमणी ढु्ंगाना, हिमाल दर्शन माविका प्रअ अशोक कुमार शर्मा, महेन्द्रोदय मावि सल्यानका प्रअ कृष्ण बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार