चौथो महाकुलुङ कृषि महोत्सव सम्पन्न ( फोटो फिचर )

  हिमाल समाचार
539 Shares

सोलुखुम्बुमा चौथो महाकुलुङ कृषि महोत्सव सम्पन्न भएको छ । किरात कुलुङको महान चाड मिनारी दाचाम चासुम लो निङ्दोङ फाईम चाक्चाकुर येलेदोङ ५०८३ को अवसरमा महाकुलुङ गाउँपालिका कृषि र पहाडि विकास संरक्षण समुह नेपालको आयोजना तथा जि फाउण्डेसनको सहयोगमा भएको महोत्सव आईतबार सकिएको हो ।

महोत्सवमा बाली तर्फ १०६ जना कृषकलाई पुरस्कृत गरिएको छ । त्यस्तै सिलितोस नाचमा सहभागि समुह मध्ये ३ समुहलाई, बक्तृत्वकलामा सहभागि ३ समुहलाई पुरस्कार प्रदान गरिएको कृषि प्राबिधिक बिपना केसिले जानकारी दिईन् । समृद्ध महाकुलुङको आधार, कृषि र पर्यटन यसको पुर्वाधार भन्ने नारा सहित शनिबार बाट भएको महोत्सवमा पालिका भित्रका ४७३ कृषिले सहभागिता जनाएका थिए ।

कृषि उपजको बजारीकरण र प्रवद्र्धन गर्ने द्येयले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए ।

फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार