ओखलढुंगा दियाले र पोखरेका किसान समूह बाख्रापालनमा

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु : ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो ।

किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ ।

गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो । यहाँका किसानले खोर सुधार र घाँस खेती समेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् ।

समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार