महाकुलुङ स्वास्थ्य सेवा केन्द्रलाई एम्बुलेन्स प्राप्त

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ आधारभुत स्वास्थ्य सेवा केन्द्र तुमाउलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

अस्ट्रेलियन नागरिक केन्न मिल्सको आर्थिक सहयोगमा खरिद गरेर ल्याइएको एम्बुलेन्स वडा नम्बर ४ का स्थानीय समाजसेवी बिशाल कुलुङ राईले आज (सोमबार) स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा कुलुङ सस्कृति एवम् हिन्दु परम्परा अनुसार पुजा पाठ समेत गरिएको संवादाता झलक राईले जानकारी दिए ।

पालिका अध्यक्ष सुर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, पालिका स्वास्थ्य शाखाका प्रमुख, शिक्षक, विद्यार्थी, स्थानीय गरी करिब १ सय ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार