नेचासल्यानलाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

  हिमाल समाचार
413 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वस्थ्य संस्थाहरुलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ् काठमाण्डौँले पालिकाको ६ वटा स्वास्थ्य संस्थाहरुलाई करिब १६ लाख बराबरकोस्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।

उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ कोे स्वास्थ्य चौकीलाई करिब २/२ लाख रुपैयाँ बराबरको, वडा नम्बर ३ मा रहेको दुई वटा स्वास्थ्य चौकीलाई साडे २/२ लाख बराबरको र वडा नम्बर २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई ५ लाख बराबरको स्वास्थय समाग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणविर नेवारले जानकारी दिए ।

उनका अनुसार वितरण गरिएको सामाग्रीहरुमा रिफ्रेजेरेटर, हाईस्केल, वइटस्केल, साल्टर स्केल, गुल्कोमिटर, डिजिटल थर्मोमिटर, माईकोक्रोस्कोप, बेवी वारमर, वासिङ मेसिन, विपि सेट, डेन्टल सेट, ग्लोब्सहरु लगायतका रहेका छन् ।

वडा नम्बर १,२ र ३ का स्वास्थ्य संस्थाहरुलाई सोमबार सामाग्री हस्तान्तरण गरियो भने वडा नम्बर ४ र ५ का स्वास्थ्य संस्थालाई मंगलबार हस्तान्तरण गरिने जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाधयक्ष, स्वास्थ्य शाखा प्रमुख, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार