सोताङमा रीडले सुरु गर्‍यो शिक्षक क्षमता अभिवृद्धि तालिम

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – रीड नेपालले आधारभूत तहको शिक्षकहरुका सोलुखुम्बुको सोताङमा ५ दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । संस्थाले गाउँपालिकाको समन्वयमा आज (शुक्रबार)बाट ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो ।

सोताङ पब्लिक क्याम्पसमा सुरु भएको उक्त तालिममा अङ्ग्रेजी गणित विज्ञान प्रविधि र सामाजिक विषयको प्रशिक्षण गरिने रीड नोपलका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तालिमको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले शिक्षक नै विद्यालय सुधारको मुख्य आधार भएकोले जिम्मेवारी पुर्वक तालिम सिक्न आग्रह गरे । यस्तै गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले समय सामेक्ष शिक्षण सिकाईलाई अघि बढाउन तालिमको आवश्यक रहेको बताइन् ।

तालिममा सोताङ पालिका भित्रका ७ वटा विद्यालयका २१ जना र महाकुलुङको पात्ले आविका ३ जना र २ जना स्थानीय स्रोत शिक्षक गरी २६ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार