नेचा सामुदायिक अस्पतालको साधरणसभा सकियो, अध्यक्षमा राई चयन

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित नेचा सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधरणसभा सकिएको छ । आज (शनिबार) अस्पतालको भवनको भएको साधरणसभाले इन्द्र बहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र जमरकट्टेल, सचिवमा होम प्रसाद कट्टेल, सहसचिवमा रोहित आचार्य र कोषाध्यक्ष यसोदा राईसहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको अस्पतालका प्रवधक निर्देशक ऋषिराज कट्टेलले जानकारी दिए ।

सभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदनपनि सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, वडाध्यक्ष, ट्रेकिङ एजेन्सि एसोसियशन अफ नेपाल टानका अध्यक्ष निलहरी बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

वि.स. २०६६ सालमा स्थापना भएको १५ बेडको सो अस्पतालले गाउँघरका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार