वङ्छु अस्पतालमा सुरु भयो डिजिटल एक्स्रे सेवा, मेयर शेर्पाले गरे उद्घाटन

  हिमाल समाचार
882 Shares

सोलुखुम्बु – वङ्छु शेर्पा मेमोरियल प्राथमिक अस्पताल सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङको अत्याधुनिक प्रविधिसहितको डिजिटल एक्स्रे मेसिन उद्घाटन गरिएकोे छ ।

नगरपालिका र हिमालयन याक्पु फाउन्डेसनको संयुक्त लगानीमा खरिद गरिएको डिजिटल एक्से मेसिनको आज (शनिबार) नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरे ।

उद्घाटनसँगै शनिबारबाट औपचारिक रुपमा सेवा सुचारु भएको अस्पतालका रेडियो ग्राफर सुदिप शर्माले जानकारी दिए । उक्त मेसिन नगरपालिका र फाउन्डेसनको ३२ लाखको लागतमा खरिद गरिएको हो ।

माथिल्लो सगरमाथाका ३ जिल्लामा नै पहिलो पटक टाप्टिङमा डिजिटल एक्स्रे सेवा सुचारु भएको अस्पतालले दाबी गरेको छ ।

मेसिन सञ्चालनका लागि फाउन्डेसनका अध्यक्ष लाक्पा शेर्पा, नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा, हिमालयन याक्पु फाउन्डेसनका महासचिव ङवाङ फुरी शेर्पा, कोषाध्यक्ष आङ फुला शेर्पा, नगरपालिका स्वास्थ संयोजक चमर बहादुर मगर लगायतले सहयोग गरेको अस्पतालले जनाएको छ । २०७८ सालबाट सञ्चालनमा आएको १५ बेडको उक्त अस्पतालले सो क्षेत्रका नागरिकहरुलई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार