प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

  हिमाल समाचार  221 पटक हेरिएको

सोलुखुम्बु – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज बेलुका ५ बजेसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई भोलि सोमवार दिउँसो २ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार