सोलुखुम्बुमा छायांकन गरिएको ‘सपनीमा’ म्युजिक भिडियो सार्बजनिक

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा छायांकन गरिएको ‘सपनीमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सोलुखुम्बुका संगीतकार पबिधन खालिङको संगीतमा रहेको उक्त गीतको भिडियो सोमबार माप्यदुधकोशी गाउँपालिकामा सुरु भएको रास्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सार्वजनिक गरिएको हो ।

खालिङ इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त गीतको भिडियो गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राई मार्फत सार्वजनिक गरिएको हो । सो अवसरमा खालिङ इन्टरटेन्मेन्टले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मार्फत कलाकारहरुलाई मायाको चिनो समेत प्रदान गरेका छन् ।

कल्पना एल्बममा समाबेश भएको गीत अर्जुन कुमार पाठकले रचना गरेका हुन् भने मुना राईले स्वरमा दिएकी छन् । प्रदिप खालिङको निर्देशनमा तयार भएको भिडियोमा थिएटर कलाकारमा बारिस सोना र सबिना राईले अभिनय गरेका छन् छन् ।

जसको पोस्टर प्रोडक्सन सिर्जन सिरिस र प्रोडक्सन म्यानेजर आशिस तामाङ्ले गरेका छन् । जिल्लाको विभिन्न क्षेत्रमा छायांकन गरिएको उक्त गितको भिडियोले पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

भिडियो खालिङ इन्टरटेन्मेन्ट नामक युटुब च्यानलमा राखिएको खालिङ इन्टरटेन्मेन्टका निर्देशक प्रदिप खालिङ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार