सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड तथा खुला वडा स्तरीय महिला तथा पुरुष भलिबल र डबल व्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।
वडा नम्बर ४ स्थित निर्माणाधिन रंगशालामा भएको सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राईले संयुक्त रुपमा उद्घद्दाटन गरे ।
प्रतियोगिताको पहिलो दिन १०० मिटर र १५०० मिटरको दौडको साथमा सटफुट प्रतियोगिता सकिएकोे छ । यस्तै जनप्रतिनिधि र कर्मचारीविच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कर्मचारीले जितेको छ ।
२८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा व्याडमिन्टन डबल्स पुरुषतर्फ २६ टिम र महिला ९ टिमको सहभागीता भने खुला भलिबलतर्फ महिला १० टिम र पुरुष १५ टिमको सहभागिता रहेको छ ।