माप्य–खुम्बु सडक कालोपत्रेका लागि ६० करोडको टेण्डर आह्वान

  हिमाल समाचार
5.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुकोे माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान भएको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि आज (बुधबार) टेण्डर आह्वान गरिएको हो ।

जिल्लाको पर्यटन विकासका लागि तल्लो सोलुलाई खुम्बुसम्म सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तत्कालिन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन सल्लेरी–सिलगुडीडाडाँ–काँकु–बासा–ओर्लाङ्गघाट–जुभिङ–खरिखोला–लुक्ला चौरीखर्क सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेको थिए ।

सोही सिफारिसको आधारमा छनोट भएको उक्त सडक कालोपत्रेका लागि टेण्डर प्रक्रिया अघिल्लो वर्ष नै अघि बढ्नुपर्ने भएपनि प्राविधिक कारणले रोकिएको थियो । यो टेण्डर आह्वानसँगै लामो समयदेखिको चर्चा हुँदै आएको सो सडक खण्डको कालोपत्रे हुने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार