सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि प्रदर्शनी मेला हुने भएको छ । गाउँपालिकाको कृषि शाखाले माघ ६ गते तेस्रो कृषि प्रदर्शनी मेलाको आयोजना गरेको हो ।
मेलामा खाद्यान्न, तरकारी, फलफुल, मसला, दलहन, तेलहन, नगदे, हातहतियार (कृषि औजार स्थानिय) जडिबुटि, खाडी कपडा, बेतबास, फर्निचर तथ अन्य विधि सामाग्री लैजान सकिने गाउँपालिकाले जनाएको छ ।
कृषि उपज दर्ता गर्ने समय शुक्रबार विहान ८ बजे देखि १२ बजे सम्म र कृषि उपज ल्याउँदा कृषक स्वयमको नागरिकताको प्रतिलिपि वा परिचय खुल्ने कागजात ल्याउन आग्रह गरिएको छ ।
कृषि क्षेत्रको प्रर्बद्धनका लागि यो कार्यक्रमले सघाउ पु¥याउने गाउँपालिकाको दाबी छ ।