नेपाल एकिकरणका नायक

  दिपेन्द्र पराजुली
147 Shares

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज मनाईएको छ । शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने सरकारी निर्णय बमोजिम सार्वजनिक विदा समेत दिईयो । सार्वजनिक विदा कसैले दिनुहुदैन थ्यो भन्ने धारण राखेको पाईन्छ भने सरकार विदा दिएर ठिक ग¥यो भन्ने गुन्जायज पनि सुन्ने गरिन्छ । मुलुकमा संघीयतासहित गणतन्त्रात्मक शासन व्यवस्था आए पनि नेपाल एकीकरणकर्ताका रुपमा पृथ्वीनारायण शाहको स्मरण गर्ने गरिन्छ । पृथ्वी नारायण शाहलाई कतिपयले सामन्तीको संज्ञा समेत दिने गरेका छन् ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सरकारले सार्वजनिक विदा ईतिहासलाई सम्झनका लागि उपयुक्त बातावरण सिर्जना गराउने दिनको रुपमा लिईएको विचार राख्छन् । उनले घुमाउरो पारामा यो विदालाई पृथ्वी जयन्तीको विदाका रुपमा स्वीकार गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा पृथ्वी नारयण शाहले नेपाल भन्ने नाम र पहिचान दिएको विश्लेषण गर्छन । अहिलेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत थापाले धन्यवाद दिएका छन् । सरकारले नै यसलाई कार्यक्रम बनाएर मनाउनुपर्ने धारणा राखेका छन् ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाईएको हो ।

अडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार