नेलेका अग्नि पिडितलाई सोलुदुधकुण्ड नगरको साथ, मेयर शेर्पाले हस्तान्तरण गरे ४ लाख ८९ हजार

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थृुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई झण्डै ५ लाख नगद सहयोग गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस सोलुका सभापति नाम्गेल जाङबु शेर्पाको पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिहरुबाट संकलित ४ लाख ८९ हजार १५० रुपैयाँ रकम आज (विहिबार) अग्नि पीडित सहयोग समितिलाई हस्तान्तरण गरिएको हो ।

संकलित सहयोग रकममा एन.आर.एन. न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पाले संकलन गरि पठाएका २ लाख ८९ हजार १५० रुपैयाँ, सोलुदुधकुण्ड नगरपालिकाबाट १ लाख ५० हजार र मेयर शेर्पाको व्यक्तिगत ५० हजार रहेको वडाध्यक्ष एवं अग्नि पीडित सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।

मेयर शेर्पासहितको टोलीले घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको रकम अग्नि पीडित सहयोग समितिको संयुक्त खातामा जम्मा गरिएको छ । नेलेका अग्नि पीडितको राहतका लागि आफु सुरुदेखि नै खटिरहेको र आगामी दिनमा पनि सहयोग संकलनका लागि सक्दो पहल गर्ने मेयर शेर्पाले प्रतिवद्धता व्यक्त गरे ।

पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर पुर्ण रुपमा जलेर क्षति भएको थियो भने प्रनय राईको घरमा आंशिक क्षती भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार