नेपाली दुतावासमा जनशक्ति अभाव, बग्रेल्ती समस्या, बेखबर निकाय

  दिपेन्द्र पराजुली
42 Shares

विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेका छन् । दूतावासहरु धेरै साना साइजका छन् । त्यहाँ पर्याप्त जनशक्ति छैन ।

भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ । जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो आउने गरेको छ ।

विदेशस्थित नेपाली दूतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्थामा छन् ।

विदेशस्थित नेपाली दूतावासहरु सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरुको सुधार हुन जरुरी देखिएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरुको समेत दूतावासको क्षमता बढी रहेको बताउँछन् । उनले नेपालभित्रै लगानीको वातावरण बनाउने, लगानीमैत्ती वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताए ।

उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुर्ने पौडेलको दाबी छ । पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आइटीका सामग्रीहरुको माग विदेशमा बढीरहेको छ ।

निर्यात बढाउन सरकारले नीतिगत कुराहरुमा सहयोग गरे राम्रो हुने विश्लेषकहरु बताउँछन् । सरकार यसमा गम्भिर हुन आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार