ईन्जिनियरिङ पढ्ने शेर्पा विद्यार्थीका लागि अक्षयकोष !

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – शेर्पा सेवा केन्द्र काठमाण्डौमा शेर्पा समुदायबाट ईन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका २ फेराका स्वर्गीय लेमी शेर्पाको सम्झनामा छोरी डोल्मा शेर्पा, पेमा शेर्पा र छोरा दावा शेर्पाले ईन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि ५ लाखको अक्षयकोष स्थापना गरेको शेर्पा बालबालिका संघका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।

कोषमा जम्मा भएको रकम १२ कक्षा पास गरी आईटी ईन्जिनेरिङ पढ्ने शेर्पा समुदायका विद्यार्थीलाई प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार