ओखलढुङ्गाको च्यानमा एक घर जलेर नष्ट, ४ लाखको क्षति

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ च्यानामको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।

आज (शुक्रबार) विहान अन्दानी १० बजे स्थानीय जानु मगरको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आगलागीबाट ढुंगा माटोले बनेको एक तले घरसहित भित्र रहेको लत्ताकपडा, अन्नपात, भाडापर्तन लगायत सबै धन माल जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

घर पुर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो स्थानीयले नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार