सोलुखुम्बुमा सुन्तला उत्पादन ३२ प्रतिशतले बढ्यो

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन ३२ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३२.८९ प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ११ सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा चालु आर्थिक वर्ष २०७९/०८० मा १६ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।

उत्पादन दिने सुन्तलाको बोट संख्या बढेसँगै गत वर्ष भन्दा यस वर्ष कुल उत्पादनमा बृद्धि भएको केन्द्रका सुचना अधिकारी कुल बहादुर राईले जानकारी दिए । बोट बढेकाले रोग किराले दुख दिएपनि उत्पादनमा भने बृद्धि भएको उनको भनाई छ ।

गत वर्ष १ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको थियो यस वर्ष २ सय ९५ हेक्टर क्षेत्रफलमा लगाएको सुन्तलाले उत्पादन दिएको केन्द्रले जनाएको छ ।

जिल्लाको थुलुङदुधकोशी, नेचासल्यान, सोताङ, माप्यदुधकोशी, सोलुदुधकुण्ड नगरपालिकाको तल्लो क्षेत्र लगायतका सुन्तला उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार