सोलुखुम्बु – सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय बिक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्म्बुले जनाएको छ ।
प्रहरी निरीक्षक एवं सुचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई गएराती घरबाटै पक्राउ गरिएको हो ।
युवक उपर जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणीबाट बालिका गर्भवती रहेको पारिवारिक श्रोतले जनाएको छ ।