थुलुङ दुधकोशीले गाउँ शिक्षा योजना बनाउने

  हिमाल समाचार  105 पटक हेरिएको

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । आज (मंगलबार) शिक्षा समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले उक्त योजना निर्माण गर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि दीर्घकालिन योजना आवश्यक भएकाले थप विषयवस्तुको अध्ययन गर्नुपर्ने पालिका अध्यक्ष असिम राईले बताए । अध्ययनपछि प्राप्त प्रतिवेदनअनुसार कार्यतालिका निर्माण गरि कार्यन्वयन गरिने छ ।

यस्तै स्थानीय पाठ्यक्रम निर्माणको लागि पनि अध्ययन गरिने बताइएको छ । जसको लागि सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको पालिकाले जनाएको छ ।

उक्त समितिले कक्षा थप गर्ने अनुमति, विद्यालय गाभ्ने र शिक्षक दरबन्दी मिलान लगायतको क्षेत्रमा प्रतिवेदन तयार पार्नेछ । १५ दिन भित्र प्रतिवेदन तयार पारी पालिकामा पेश गर्नको लागि पालिका अध्यक्ष असिम राईले निर्देशन दिएको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार