थुलुङ दुधकोशी : गर्भवति तथा सूत्केरी जाँच सम्बन्धि अभिमुखिकरण सकियो

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु् – थुलुङदुधकोशी गाउँपालिकामा चार दिनदेखि जारी गर्भवति, सूत्केरी जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेचासल्यान, सोताङ र महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा चार गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत ३६ जना नर्सीङ स्टाफको सहभागीता रहेको थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखा संयोजक विशाल बाबु राईले जानकारी दिए । तालिममा गर्भवती, सूत्केरी आमाको जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि थप नयाँ नयाँ सीप सिक्न पाएको भन्दै नेचावतासे स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ स्टाफ लक्ष्मी राईले खुसी व्यक्त गरिन् । तालिममा सिकेको सीपालाई व्यबहारमा प्रयोग गर्न आफुहरु प्रतिवद्ध रहेको समेत उनले बताईन् ।

कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्वास्थ्य जस्तो संबेधनशिल क्षेत्रमा थप ज्ञान एवम् सीप आवश्यक पर्नेभएकाले कार्यक्रम प्रभावकारी भएको विश्वास व्यक्त गरे ।

स्वास्थ्यकर्मीसंग सीप तथा साधन हुँदा मानिसको अकालमा हुने मृत्युदर कम हुने भन्दै सोही अनुसार कार्यगर्न सबैलाई निर्देशन समेत दिए । अभिमुखिकरण कार्यक्रममा कोशी अस्पताल विराटनगरका अस्पताल नसिंङ निरीक्षक लजिता योन्जन, लक्ष्मी श्रेष्ठ र ममता श्रेष्ठले सहजीकरण गर्नुभएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार