राजभण्डारीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गत पुस २९ गते बिना बिभागीय मन्त्रीमा नियुक्त गरेका राजभण्डारीलाई माघ ६ गते शुक्रवार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन ।

शुक्रवार सामाजिक विकाससहित अन्य सात वटा मन्त्रालयको टुंगो लगाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री कार्की आफैले राखेका छन् भने तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, दुर्गाप्रसाद चापागाईलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै भक्ति प्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार