सोलुसहितको क्षेत्रमा हावाहुरी, सचेत रहन प्रशासनको आग्रह

  हिमाल समाचार  343 पटक हेरिएको

सोलुखुम्बु – गएरातीदेखि सोलुखुम्बुसहितका हिमाली तथा पहाडी क्षेत्रमा अत्याधिक हावाहुरी चलिरहेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।

जिल्लाको विभन्न क्षेत्रमा अत्याधिक हावा चलेकाले सम्भावित घटनाबाट जोगिन आवश्यक सावधानी अपनाउन नागरिकहरुलाई प्रशासनले आग्रह गरेको हो ।

हावाहुरीका कारण जंगल नजिकैका वस्तिहरुमा रुखहरु ढल्न सक्ने तथा घरका छाना तथा जस्तापाता उडाउन सक्ने भएकाले विशेष ख्याल गर्न प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले अनुरोध गरे ।

हावाहुरीले कतिपय कम्जोर संरचनाहरुमा क्षति पु¥याउदा जनधनको समेत क्षति हुन सक्ने भएकाले यस तर्फ सचेत बन्न प्रजिअ भट्टराईले आग्रह गरेका छन् । साथै यो समयमा आगलागीको जोखिम समेत उच्च हुने भएकाले आगो र आगोजन्य श्रोतहरुको ख्याल गर्न आग्रह गरिएको छ ।

हावाहुरीको समयमा दुई पाङ्ग्रे सवारी साधनहरु सञ्चालन गर्न समस्या हुने भएकाले सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार