सोलुखुम्बुको रातनागी क्षेत्रमा भीषण डढेलो, भ्यू टावरमा क्षति

  हिमाल समाचार  1152 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको रात्नागी डाँडामा रहेको भ्यू टावरमा क्षति भएको अनुमान गरिएको छ ।

आज (आईतबार) दिउँसो सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रमा फैलिएको डढेलोका कारण भ्यू टावरमा क्षति भएको स्थानीय कर्ण बहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार दिउँसो करिब १ बजेबाट सुरु भएको डढेलो अहिले माप्यदुधकोशी ५ को खाम्दिङ मुलाबारी सामुदायिक वन क्षेत्रमा प्रवेश गरिसकेको छ ।

सामुदायिक वनमा तिब्र रुपमा फैलिएको आगोले त्यहा रहेका हजारौँ वोट विरुवा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन् ।

तस्विर-कर्ण बहादुर विश्वकर्मा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार