टेलिकमले सल्लेरीको घर–घरमा फाईबर सेवा दिन थाल्यो

  हिमाल समाचार  130 पटक हेरिएको

सोलुखुम्बु – नेपाल टेलिकमले सोलुखुम्बु सदरमुकाम सल्लेरी क्षेत्रको घर–घरमा फाईबर प्रविधि (एफटिटिएच) जडानको काम सुरु गरेको छ । नेपाल टेलिकम सल्लेरी शाखाले सोमबारबाट सल्लेरी क्षेत्रको घर–घरमै फाइबर पुर्‍याउने प्रविधि(फाईबर टुद होम)को कार्य सुरु गरेको हो ।

गत मंसिर २७ गतेबाट सल्लेरी क्षेत्रमा विस्तार गर्न सुरु गरेको फाईबरको काम आधा सकिएसँगै सोमबारबाट घर–घरमा जडानको काम थालेको कार्यालय प्रमु्ख महमद अकबर अलीले जानकारी दिए । दुई दिनको अवधिमा आवाडाँडा र बसन्तबजार क्षेत्रको ८ घरमा फाईबर जाडन गरिएको अलीले बताए ।

कपर फाईबर केबल मार्फत सेवा विस्तार भएपछि सेवा भरपर्दो र एडिएसएल इन्टरनेट समेत द्रुत गतिमा चल्ने उनको भनाई छ । जसबाट पुरानो प्रविधिलाई विस्थापित गर्दै गुणस्तरिय ल्यान्ड लाईन टेलिफोन, एडिएसएल इन्टरनेट सेवा प्रवाह हुने टेलिकमले जनाएको छ ।

टेलिकमको ग्राहकले निश्चित शुल्क तिरेर एफटिटिएच प्रविधि जोडने जोडन सक्ने जनाइएको छ । सल्लेरी क्षेत्रमा हाल टेलिकम ल्यान्ड लाईनका ५१२ जना ग्राहक रहेका छन् । तर कार्यालयले अहिले फाप्लुदेखि गार्मा जोरुबौद्धसम्म २ हजार ४८ जना सम्मलाई एडिएसएल तथा ल्यान्ड लाईन सेवा दिन सक्ने गरि फाईबर सेवा विस्तार गरिरहेको छ ।

जमिनमुनीबाट विच्छ्याउनु पर्ने फाईबर तत्काललाई त्यो सम्भव नभएकाले पोलबाटै टागिरहेको छ । सल्लेरीको सबै क्षेत्रमा फाईबर विस्तार भएपछि हालको अव्यवस्थित तारलाई हटाउने नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीले जनाएको छ । टेलिकमले ४८ कोरकोे भूमिगत फाइबरले पत्ताले हुँदै सल्लेरी बजारलाई जोडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार