सोलुखुम्बुको रातनागी क्षेत्रमा फेरि डढेलो फैलियोे

  हिमाल समाचार  287 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको रात्नागी क्षेत्रको डढेलो फेरि फैलिएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रको सामुदायिक वनमा आईतबार दिउँसो लागेको डढेलो हावाका कारण फेरि फैलिन सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोमबार दिउँसो स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको पहलमा आंशिक रुपमा नियन्त्रणमा लिएको डढेलो आज दिउँसोबाट पुनः फैलिन सुरु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहले बताए ।

डढेलो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी परिचालन भईसकेको डिएसपी शाहले बताए । अन्य स्थानको आगो निभाइएपनि रुखको मुढाहरुमा बाँकी रहेको आगोबाट हावाका कारण पुनः फैलिएको प्रहरीले जनाएको छ ।

डढेलोले रातनागी क्षेत्रको वन र माप्यदुधकोशी ५ को खाम्दिङ मुलाबारी सामुदायिक वन क्षेत्रमा रहेको हजारौ बोट विरुवा जलेर नष्ट भएका छन् । आगोका कारण वन्यजन्तुहरु समेत हताहत भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार