सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले दुई जना घाईते तथा विरामीको उद्वार गरेको छ ।
पालिकाले लडेर गम्भीर घाईते भएका सोही गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय फुरा ग्याल्जेन शेर्पा र वडा नम्बर ३ का विरामी रमिला मगरको सोमबार उद्वार गरि काठमाण्डौ पठाएको हो ।
उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए । उनीहरुको काठमाण्डौमा उपचार भईरहेको गाउँपालिकाले जनाएको छ ।