खोटाङमा बस दुर्घटना हुँदा ७ जना घाईते

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ मा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । आज बुधबार काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस मध्यपहाडी लोकमार्ग अन्तरगत नुनथालामा पल्टिदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का किशोर लिम्बू, खोटाङ अर्खौलेका नरबहादुर खत्री, दोर्पाचिउरीडाँडाका कुबिर दाहाल, दिक्तेलका सरोज बि.क. र हिरानराज खतिवडा घाईते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङले जानकारी दिए ।

टाउको र नाकमा चोट लागेका चालक राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

चालक सहित १९ यात्रु सवार बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार