सोलुखुम्बुको गुदेल माविमा हिरक महोत्सव सुरु

  हिमाल समाचार
343 Shares

सोलुखुम्बुको गुदेल मावि महाकुलुङ गाउँपालिका ४ गुदेलको हिरक महोत्सव सुरु भएको छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार)बाट महोत्सव सुरु भएको हो ।

विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिवद्धता’ भन्ने नाराका साथ ऐतिहासिक महोत्वको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानवीर राई, प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी, प्रदेशसभा सदस्य गोम्बु शेर्पा कज्र्याङले संयुक्त रुपमा उद्घाटन गरेको संवाददाता युमन खालिङ राईले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, उपाध्यक्ष विपना कुलुङ लगायत अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिती रहेको छ ।

आगामी सोमबार सम्म जारी रहने कार्यक्रममा जिल्लाव्यापी मावि स्तरीय महिला पुरुष भलिबल, जिल्लाव्यापी शिक्षक डबल ब्याडमिन्टन, क्षेत्र स्तरीय हाजिरी जवाफ, कक्षा १ देखि ८ सम्मका लागि युगल नृत्य, खुल्ला एकल नृत्य तथा ट्रयाक गायन लगायतका प्रतियोगिताहरु आयोजना गरेको संवाददाता झलक राईले जानकारी दिए ।

ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु वरिष्ठ गायक शम्भु राई, चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका लिला राई, संगीत प्रभाकर गायक राजेन्द्र केरुङ, गायक अजय अलंकार (कुलुङ), मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुद्वारा बेजोड सांगितिक साँझ हुने आयोजकले जनाएको छ ।

साथै महोत्सवमा विद्यालयलाई योगदान दिनेहरुलाई सम्मान, विद्यालय बृतचित्र निर्माण लगायतका कार्यक्रमहरु रहेको विद्यालयका प्रधानाध्याक लबकुमार राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार