जिल्ला समन्वय समिति महासंघ नेपालको पदाधिकारीमा सोलुका निरौला

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला जिल्ला समन्वय समिति महासंघ नेपालको पदाधिकारीमा चयन भएका छन् ।

पुस २३ गते पोखरामा सम्पन्न चौथो राष्ट्रिय परिषद बैठकले निरौलालाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेको हो ।

पदाधिकारी अध्यक्षमा कांग्रेसबाट सुनसरी जिल्ला समन्य समिति प्रमुख राजन मेहता र उपाध्यक्षमा माओवादी केन्द्रबाट रुकुम पश्चिम जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम चयन भए ।

यस्तै महासचिवमा एमालेबाट रसुवा समन्वय समिति प्रमुख अशोक कुमार घिमिरे, उपमहासचिवमा नेकपा एसबाट काभ्रे समन्वय प्रमुख दिपक कुमार गौतम र कोषाध्यक्षमा जसपाबाट खोटाङ समन्वय प्रमुख सन बहादुर राई चयन भएका छन् ।

३५ सदस्यीय पदाधिकारी बनेको उक्त समितिको २ जना सदस्य भने मनोनयन गर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार