माप्यदुधकोशी र सोलुदुधकुण्डमा निशुल्क स्वास्थ्य शिविर हुने

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु : सोलुखुम्बुको दुई वटा पालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पाहिला पाहिलाको आशा र स्प्रिट माउन्टेन ट्रेक्स एन्ड एक्सपिडिसनको आयोजनामा जिल्लाको माप्यदुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

माप्यदुधकोशीको वडा नम्बर ४, ५, ६ र ७ नम्बरका लागि माघ २६ गते र वडा नम्बर १, २ र ३ का लागि माघ २७ गते शिविर सञ्चालन हुने आयोजक स्प्रिट माउन्टेन ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर ङिमा कान्छी लामाले जानकारी दिईन ।

उनका अनुसार माप्यको शिविर प्राथमिक स्वास्थ्य केन्द्र बासा खास्तावमा हुने छ । यस्तै सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ तिङलाको सिंहकाली माविमा माघ २८ र २९ गते सञ्चालन हुने संस्थाले जनाएको छ ।

विदेशी चिकित्सकहरुको उपस्थितीमा सञ्चालन गरिने शिविरमा ओपिडी सेवा, बालबालिकाको स्वास्थ्य उपचार, गर्भवतीको भिडियो एक्सरे तथा प्रजनन, शिशु स्वस्थ्य सेवा, हार्डजोर्नी र फिजियो थेरापी लगायतको सेवा प्रवाह हुने संस्थाका म्यानेजर पासाङ लामाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार