सुमोको हुट हटाउने विषयमा यातायात व्यवसायी असहमत

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बुका यातायात व्यवसायीले सुमोको हुट हटाउन नसकिने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोेलुखुम्बुले दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन केन्द्रिय सर्कुलर अनुसार निर्देशन दिएपछि यातायात व्यवसायीले शनिबार यस विषयमा छलफल गरेका हुन् ।

सोलुखुम्बुबाट छुटने सुमोले यात्रुका सामान, लगेज, आलु बोक्नुपर्ने भएकाले हुट हटाउँदा गम्भिर रुपमा असर पर्ने भएकाले हटाउन नसकिने दुधकोशी यातायातका दोर्जीशेर्पाले बताए ।

भोली आईतबार यस विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिने बताईएको छ ।

जिल्ला प्रासन कार्यालयमा हुट हटाउन नसकिने बेहोरा जानकारी गराई सहजिकरण गरिदिन आग्रह गरिने व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार