सोलु : शहर बजारको भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै

  सुबास दर्नाल
420 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रको भान्साहरुमा पछिल्लो समय सिस्नोले स्थान पाउने क्रम बढ्दै गएको छ । विगतमा सामान्य परिवारमा मात्रै पाक्ने गरेको सिस्नो केहि वर्ष यता अधिकांशको रोजाई बन्दै गएको हो ।

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका मानिसहरुले समेत खोजि खोजि उपभोग गर्ने गरेका छन् ।

‘यो बहुगुणयुक्त सिस्नोलाई मैले सधै खाने गरेको छु, मलाई त यसको स्वाद एकदमै मन पर्छ, अरुले पनि सिस्नो प्रयोग गर्नुस् यसले राम्रो गर्छ ।’सिस्नो किन्दै गर्दै गर्दा भेटिएका सल्लेरीका महेश अधिकारी भने ।

पछिल्लो समय सिस्नो प्रतिको मोह बढ्दै गएको छ भने ठुला ठुला तारे होटल, रेष्टुँराहरूमा पनि महँङ्गो खानाको परिकारमध्येमा सिस्नो पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ ।

सिस्नोको माग दिनानु दिन बढ्दै गएको सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सिस्नो बेच्दै गरेको अवस्थामा भेटिएका देउसाकी तिर्समाया राई देउसा र पुर्ण माया राईको अनुभव छ ।

बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ ।

यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँने काठमाण्डौका विर अस्पतालका डा. विम्लेस कुमार शाहले बताए । गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ ।

खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सकिने जानकारहरु बताउछन् ।-हिमाल एफ.एम.मा प्रसारित रेडियो रिपोर्टको आधारमा तयार ।

सिस्नोमा के के पाइन्छ ?
रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ ।

महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।

यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार