सुनको गहना चोरी गरेर भाग्दै गर्दा नेचासल्यानका एक युवक पक्राउ

  हिमाल समाचार
9.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानका एक युवक सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेचासल्यान गाउँपालिका ५ बतासेका १९ वर्षीय विशाल विक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहका अनुसार माघ २ गते स्थानीय ६५ वर्षीया सिता राईको घरको बाकसमा राखिएको १२ आनाको सुनको नौ गेडी चोरी गरेर फरार भएका थिए ।

माघ १५ गते घटनाको विषयमा जानकारी गराए लगत्तै इलाका प्रहरी कार्याल नेचाबाट खटिएको प्रहरी टोलीले विकलाई सुमो जिपमा काठमाण्डौ जाँदै गरेको अवस्थामा चोरी गरेको गहनासहित पक्राउ गरिएकोे डिएसपी शाहले बताए ।

विक उपर चोरी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार