लुक्लाको कपडा पसलमा आगलागी, डेढ लाख बढीको क्षति

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला बजारको एक कपडा पसलमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ ।

आज (बुधबार) विहान अन्दाजी ११ बजे सर्लाहीका रुप नारायण दासले सञ्चालन गरेको श्रीलक्ष्मी स्टोर कपडा पसलमा आगलागी हुँदा १ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सु्चना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार विद्यु्त सर्ट भई सुरु भएको आगोले पसलमा रहेको कपडाहरु जलेर आंशिक क्षति भएको छ ।

आगो इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी र स्थानीयको सहयोगमा करिब २० मिनेटपछि नै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार