खुम्बु ल्होसार कप प्रतियोगिता काठमाण्डौँमा हुने

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्जुङ युवा क्लव खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ को आयोजनामा १३ औँ खुम्बु ल्होसार कप आयोजना हुने भएको छ । शेर्पा समुदायको महान चाड तथा नयाँ वर्ष ल्होसारको अवसरमा काठमाण्डौँको ज्ञानेश्वर स्थित सानो गौचरण खेलकुद मैदानमा प्रतियोगिता हुने भएको हो ।

क्लवले यहि माघ २८ देखि फागुन ६ गते सम्म आयोजना गर्ने ल्होसार कप फुटबल प्रतियोगिता खुम्बु क्षेत्रकै सबै भन्दा ठुलो प्रतियोगिता भएको दाबी गरिएको छ ।

खुम्बु क्षेत्रमा स्थायी ठेगाना भई राजधानी काठमाण्डौँमा बसोबास गर्ने नागरिकहरुलाई शेर्पा समुदायको नयाँ वर्ष (ल्होसार)को अवसरमा जोड्ने र युवाहरुमा भएको खेल प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका महासचिव पासाङ छिरि शेर्पाले बताए ।

प्रतियोगितमा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद एक लाख, ५० हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै उत्कृष्ट फरवार्ड, डिफेन्स, गोल रक्षक र मिडफिडरलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार