चिशंखुगढीमा दोस्रो अध्यक्षकप पुरुष भलिवल प्रतियोगिता हुने

  हिमाल समाचार
413 Shares

सोलुखुम्बु – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा दोस्रो अध्यक्षकप अन्तरपालिका स्तरीय खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाले खेलकुदलाई प्रोत्साहन गर्न आगामाी फागुन १ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्देश्यका साथ खेल आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम द्वितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः नगद १ लाख ५५ हजार ५५५, १ लाख ११ हजार १११, ७७ हजार ७७७ र ३३ हजार ३३३ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार र उत्कृष्ट खेलाडीहरुलाई ५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकलाई उदृत गर्दै सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार