नेराकस, निजामती जिल्ला कार्यसमिति सोलुको अध्यक्षमा राई

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु– नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीको जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा विशाल बाबु लिफङ राई चयन भएका छन् । आज (शनिबार) सल्लेरीमा सम्पन्न संगठनको पाँचौँ जिल्ला सम्मेलनले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षहरुमा नगेन्द्र बस्नेत, हरिलाल कुलुङ र बन्दना राई, सचिवमा प्रकाण्ड न्यौपाने, सहसचिव नन्दराज राई, र कोषाध्यक्षमा जितेन्द्र राई चयन भएको निर्वाचन मण्डलका संयोजक भोजराज कार्कीले जानकारी दिए ।

सोही सम्मेलनको बन्दसत्रले केन्द्रीय प्रतिनिधिको रुपमा सुबास तामाङ र काली बहादुर राउत तथा प्रदेश प्रतिनिधिमा सजिव गौतम, एशोदा बस्नेत र गणेश बहादुर गुरधामीलाई पठाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र सम्बद्ध उक्त निजामती कर्मचारी समितिको कार्यकाल ३ वर्षको हुने जनाइएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक अशिम राईले सेवा प्रवाहलाई कर्म र धर्म ठानेर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । राजनितिक दलदेखि कर्मचारी सबैको पहिलो धर्म नै नागरिक सेवा प्रवाह भएकाले यसलाई मुख्य रुपमा आत्मसात गर्दै काम गर्न निर्देशन दिए ।

यस्तै संगठनका प्रदेश १ अध्यक्ष रुद्र सुवेदीले राज्यले स्थानीय र संघिय तहको कर्मचारीहरुलाई हेर्ने नजर फरक भएकाले यसलाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । कर्मचारीहरु इमान्दार र कर्तव्यनिष्ठ हुन सके मात्रै देश समृद्धितर्फ लम्कने भन्दै देश र नागरिकको हितमा काम गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार