घरकै कुलेसोमा लडेर एक जनाको ज्यान गयो

  हिमाल समाचार
9.5k Shares

सोलुखुम्बु – ओखलढुंगामा घरको कुलेसोमा लडेर एक जना जनाको ज्यान गएकोे छ ।

ज्यान गुमाउनेमा जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका ४८ वर्षीय महेश पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पोखरेलको सिद्धिचरण नगरपालिका ११ तल्लो गैरीगाउँ स्थित रोहित गिरीको घर पछाडीको कुलेसोमा लडेर ज्यान गएको हो । उनलाई आज (शनिबार) विहान १० बजे मृत भेटिएका थिए ।

मृतक पोखरेल हाल तथ्याङ्क कार्यलय ओखलढुंगामा सहयोगीको रुपमा कार्यरत्त रहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार