बैंकिङ कसुरमा सोलुकी कार्की काठमाण्डौँमा पक्राउ

  हिमाल समाचार
2.4k Shares

सोलुखुम्बु – बैंकिङ कसुरमा सोलुखुम्बुकी एक युवती काठमाण्डौँमा पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका ३ की ३२ वर्षीया होमा कार्की रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त कसुरमा ३ वर्षदेखि फरार रहेका कार्कीलाई काठमाण्डौँको बुढानिलकण्डबाट शुक्रबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहले जानकारी दिए ।

उनले घर जग्गा कारोबारमा ४ लाख ७८ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उच्च अदालत ललितपुरमा मुद्धा दायर भएको थियो । अदालतले तोकेको रकम तिर्न नसकेका कारण कार्कीलाई आज (शनिबार) कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार