ऐसेलुखर्क : तेश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका बालविकास माविलाई

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कालिका बालविकास मावि राखाले जित्न सफल भएको छ ।

पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माघ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ४ कास्य गरि १३ पदक जित्दै कालिका बालविकास मावि प्रथम भएको हो ।

यस्तै ३ स्वर्ण, ३ रजक र एक कास्यसहित त्रिभुवन मावि ऐसेलुखर्क द्वितिय र ३ स्वर्ण तथा ६ कास्यसहित जाल्पा मावि बादेल तृतिय भएको गाउँपालिका शिक्षा अधिकृत निर कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा भलिबल, एथ्लेटिक्स तर्फका दौड प्रतियोगिता, हाईजम, लमजम, त्रिपल जम्प, सटपुट र ज्याब्लिङ थ्रो लगायतको विधाका खेलहरु सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार