थुलुङ दुधकोशीको राष्ट्रपति रनिङ शिल्ड विरेन्द्रदोय माविद्वारा कब्जा

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तर विद्यालय स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी विरेन्द्रदोय माध्यमिक विद्यालय मुक्लिले हात पारेको छ ।

यो सङ्गै उक्त विद्यालयले लगातार तीन वर्ष उपाधि जित्दै शिल्ड कब्जा गरेको छ । फाल्गुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा २० स्वर्णसहित मुक्लिले उपाधी हाँसिल गरेको हो । यस्तै १२ स्वर्ण पदकसहित जनता मावि लोखिम र ६ स्वर्ण पदकसहित देउसा मावि देउसा तृतीय भएको छ ।

विभिन्न विधामा संचालन भएको प्रतियोगितामा बिजयी छात्र छात्रालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै बिजयी विद्यालयहरुलाई पनि बिहिवार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले पुरस्कार बितरण गरे ।

पहिलो भएर उपाधि उचाल्ने बिरेन्द्रोदय माविले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार र दोश्रो जनता माबि र तेस्रो देउसा माबिले क्रमशः मेडल र प्रमाणपत्र सहित १२ र १० हजार नगद प्राप्त गरेका छन् ।

यस प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनौट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने छ ।

फाल्गुन १ गते प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेको प्रतियोगिता अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपनि अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता भने भोलिसम्म जारी रहने पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार