सोलुका नेता किराँती बने इन्टरनेशनल च्याम्पियनसिप

  हिमाल समाचार
2.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुका युवा नेता महेश किराँती ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ एण्ड इनलाइन बेन्च प्रेस २०२३ को च्याम्पियनसिप बनेका छन् ।

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका किराँती आईतबार ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा ९ देशका प्रतियोगिलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

सोलुखुम्बु नेचासल्यानका किराँतीले ८५ केजी तौल समुह तर्फ १८५ केजी तौल उठाएर उपाधि जितेका हुन् । यससँगै उनले निकट भविष्यमै युएईमा हुने प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार