थुलुङ दुधकोशीले ज्येष्ठ नागरिकहरुलाई तिर्थ यात्रामा लैजाने

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई तिर्थ यात्रामा लैजाने भएको छ । ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन तथा तिर्थमा सहभागी गराउने उदेश्यका साथ पालिकाले चैत्र १६ गते खोटाङको हलेसी लैजाने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

गाउँपालिकाको ९ वटै वडाबाट ७ जनाका दरले ६३ जना ७० वर्ष नाघेका नागरिकहरुलाई यात्रामा लैजाने निर्णय गरिएको छ । यद्यपी भ्रमणमा जान चहाने जेष्ठ नागरिकहरु धेरै भएमा तोकिएको संख्यालाई बढाउन सकिने गाउँपालिका उपाध्यक्ष समेत रहेकी जेष्ठ नागरिक संरक्षण समन्वय समिति संयोजक सविता राईले बताइन् ।

ज्येष्ठ नागरिकको हेरचाह, उपचार तथा सहयोगका लागि भ्रमणमा स्वास्थ्यकर्मी, गाउँ प्रहरी, गाउँपालिकाका सहयोगी कर्मचारी लगायतको टोली सहभागी हुने उपाध्यक्ष राईको भनाई छ । मुक्लीबाट चैत्र १६ गतेबाट सुरु हुने भ्रमण १७ गते हलेसी भ्रमण गरेर सोही दिन फर्कने कार्यक्रम रहेको छ ।

जसका लागि मुटु सम्बन्धी समस्या नभएको, आँखा देख्न सक्ने तथा सामान्य हिड्डुल गर्न सक्ने इच्छुक ज्येष्ठ नागरिकको विवरण चैत्र १२ गते भित्र गाउँपालिकामा सिफारिस गर्न सबै वडा कार्यालयलाई निर्देशन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार