ज्वालामाई मन्दिरमा बैशाख १ मा पनि मेला लाग्ने

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ज्वालामाई मन्दिरमा नयाँ वर्षको अवसरमा मेला लाग्ने भएको छ ।

विगतमा कार्तिक तथा मंसिरको पुर्णिमाका दिन मात्रै मेला लाग्दै आएको उक्त मन्दिरमा यस वर्षबाट नयाँ वर्षको अवसरमा वैशाख १ गते पनि मेला लगाउने निर्णय गरिएको हो ।

आन्तरिक पर्यटन अभिबृद्धिसँगै तिर्थालुहरुको मागलाई मध्यनजर गर्दै वर्षमा दुई पटक मेला लगाउने निर्णय भएको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष टेक बहादुुर मगरले बताए ।

साथै मेलामा होटल तथा पसल राख्न चहाने व्यक्तिहरुले चैत्र ३० गते भित्र समितिलाई जानकारी गराउन समेत आग्रह गरिएको मेला प्रचार प्रसार समितिका संयोजक शन्त बहादुर मगर (र्‍याविट)ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार