लामोसमय सम्म चलेको खडेरी पश्चात आइतबार देखि बर्षात सुरु भएको छ । यो बर्ष करीव ३ महिना सम्म लागेको सुख्खा खडेरीले सताएको बेला आइतबार लगातार ४ भण्टा जस्तो अबिरल बर्षा भएपछि खोटाङका कृषकमा आसा जगाएको छ । खोटाङमा खडेरीका कारणले किसानले लगाएको मकै तथा धान बालिलाई कारणले सुक्ने अवस्थामा पु¥याएको किसान बताउँछन । बेँसीका खेतहरुमा लगाएको मकेवालिले सुत्ला लगाउन थालिसकेको अवस्था थियो तर समयमा पानी नपर्दा उत्पादन घट्ने किसानको चिन्ता थियो ।
मकै रोपाइको समयमा हल्का पानी परेको भएपनि त्यसयता अपेक्षित पानी पर्न नसक्दा लेक तिर लगाएको मकैवालिको पनि आसा मार्नुपर्ने अवस्थामा किसान थिए । तर आइतबारको बर्षातले बालिलाई केहि राहत दिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयखर्कका रोमन खनाल बताउँछन् । बर्षे बालिका रुपमा लगाइएको मकै बालिलाई राहत पु¥याएपनि हावाहुरी सहितको पानिले केहि क्षति समेत पु¥याएको छ । असारमा धान रोपाइको लागी तयार गरीएको ब्याडमा भल बाढी पस्दा बिउ पुरिदिएको किसान बताउँछन । भने एक्कासी सघन पानि पर्दा सुत्ला लगाएको मकै ढलेको, खेत बारीहरुमा क्षति पुगेको छ ।
समय भन्दा केहि पछाडि पानी परेपनि वालि उत्पादनमा राम्रै टेवा पु¥याउने कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । निरन्तर सुख्खा खडेरीका कारण बालि उत्पादनमा गिरावट आउने त्रासका विच आइतबार परेको पानिले आसा जगाएको उनको भनाई छ । यता लामो समयपछाडि परेको पानीले तापक्रम समेत घटाएको छ । प्रचण्ड गर्मि हुदै आएकोमा पानी परेपछि सितल महसुस भएको जन्तेढुङ्गा गाउपालिकाकि स्थानिय गंगा थापा बताउछिन । अधिक वर्षातका कारण केही स्थानमा ठुला साना पहिरोहरु पनि गएका छन ।